कपिलवस्तुका ७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध



काठमाडौं । कपिलवस्तु जिल्लाका ७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ति स्थानीय तहले सामाजिक सुरक्षा कोषमा योगदान गर्न सुरु गरेका हुन । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा लुम्बिनी प्रदेशका स्थानीय तह विस्तारै  कोषासँगको अवद्धता बढाउँदै गएका छन ।

चैत्र १ गते कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको स्थानीय तहसँगको १ दिने कार्यशाला गोष्ठी कार्यक्रमका दौरानमा कोष र ७ स्थानीय निकायका प्रतिनिधिवीच एक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । सम्झौतासँगै कोषमा आबद्ध हुने स्थानीय तहहरुमा वाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका , शिवराज नगरपालिका , कपिलवस्तु नगरपालिका, यशोधरा गाउपालिका , विजयनगर गाउपालिका र  शुद्दोधन गाउपालिका छन् ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सामाजिक सुरक्षा योजना कपिलवस्तुका सबै गाँउपालीकामा लागू गरिए मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान रहने बताए । साथै समाजवादी मार्गमा हिडाउने अभियानमा कपिलवस्तुका स्थानीय सरकारबाट अग्रसरता लिएको समेत उनले दाबी गरे । 

सो अवसरमा बोल्दै बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले जहाँ असुरक्षा हुन्छ ,त्यहाँनै सामाजिक सुरक्षाको बलियो उपस्थिति रहनु पर्ने बताएका छन् ।

बाणगंगाा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले अनौपचारिक क्षेत्रका श्रमिकको लागि कोषका कार्यक्रम निकै नै उपयोगी  हुने देखेपछि आफ्नो नगरपालिकाले कोषमा आबद्ध हुने विषयमा सम्झौता गरेको बताए ।

कोषका उपकार्यकारी निर्देशक पन्थीले सामाजिक सुरक्षा कोषले जुनसुकै अवस्थामा पनि आयको निरन्तरताको परिकल्पना गरेको बताए । उनले योजनामा सहभागी भई कपिलवस्तुका स्थानिय तहले देखाएको तत्परता सह्रानीय रहेको उल्लेख गरे । कोष सञ्चालन गर्ने योजनाका बारेमा स्थानिय तहहरुले देखाएको तत्परताले उत्साह थपेको समेत उनले बताए ।

सो अवसरमा कोषका वरिष्ठ सहायक निर्देशक केदार ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका विभिन्न योजनाका बारेमा जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै कोषका बुटवल शाखा प्रमुख खिम कार्कीले कपिलवस्तुका स्थानीय तहको कोषमा आबद्धतासंगै यसले देशभरमा स्थानीय तह कोषमा आबद्ध हुने सवालमा अझ सकारात्मक सन्देश प्रवाह गरेको बताए ।


क्लिकमान्डु