तस्करको बयान लिने सीआईबी प्रमुखसहित ४ प्रहरी अधिकारीलाई कारबाहीको सिफारिस, अरु को-को परे ?



काठमाडौं । ६० किलो सुन हङकङबाट र दुबईबाट भेपमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा संलग्नलाई तस्करलाई अनुसन्धान गर्ने अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी सम्बन्धि फितलो अनुसन्धान गरेको आयोगले तयार पारेको प्रतिवेदनको निष्कर्शमा उल्लेख छ ।

आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गाराज दाहाल, डिएसपी रुगम कुँवरलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

ब्यूरोले अनुसन्धानको क्रममा अनुसन्धान सकेर मुद्दा चलाउनुपर्ने मुख्य व्यक्ति जीवन चलाउनेलाई छोडेको भन्दै चारै जना प्रहरी उच्च अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

यस्तै आयोगले सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता जनकराज घिमिरे र र भन्सारका कर्मचारी वासुदेव शर्मालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । यस्तै आयोगले सहसचिव तथा अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदन आज बिहान मन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । असोज १४ मा मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो ।


क्लिकमान्डु