आरएमसी सिमेन्टको व्यापार झनै खस्कियो, ७१ करोडको कारोबार


काठमाडौं । आरएमसी सिमेन्टको व्यापार खस्किएको छ । आरएमसी सिमेन्ट प्रालिको व्यापार पछिल्लो समय घटेको छ ।

कम्पनीको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार व्यापार घट्दै गएको देखाएको हो । कम्पनीले सन् २०१९ मा १ अर्ब १० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपछि घटेर सन् २०२० मा ८१ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ३३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२२ मा ८९ करोड रुपैयाँ र सन् २०२३ मा ७१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । वार्षिक २ लाख मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले पीएससी सिमेन्ट र ओपीसी सिमेन्ट सन् २०११ देखि उत्पादन गर्दै आएको छ ।

राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवालको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीको आफ्नै क्लिङ्कर उत्पादन गर्ने उद्योग छ । कम्पनीको पाल्पा सिमेन्ट इन्डष्ट्रिले उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२२ देखि बिटुमेनको पनि व्यापार गर्दै आएको छ ।

सन् २०२३ मा गरेको व्यापारमध्ये ४४ प्रतिशत बिटुमेनको हिस्सा छ । कम्पनीअनुसार सन् २०२३ मा सिमेन्टको बजार मागमा कमी आउँदा व्यापारमा प्रभाव परेको उल्लेख छ ।

Skip This