सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार १५ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु