पश्चिमालाई पुटिनको चेतावनीः हामी आणविक युद्धका लागि तयार छौं



एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस आणविक युद्धका लागि तयार रहेको पश्चिमालाई चेतावनी दिएका छन् ।

रोयटर्सकाअनुसार पुटिनले अमेरिकाले युक्रेनमा आफ्नो सैनिक पठाएमा द्वन्द्वलाई थप भडकाउन खोजिएको रुपमा लिने बताउँदै पुटिनले आफूहरु आणविक युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् ।

मार्च १५ देखि मार्च १७ सम्म रुसमा हुने चुनावभन्दा ठीक अघि बोल्दै उनले सैनिक दृष्टिकोणबाट आफूहरु आणविक हतियार प्रयोग गर्नका लागि तयार रहेको बताएका छन् । आगामी ६ वर्ष पुनः रुसको शासन सत्तामा रहने पुटिनले युद्धको अवस्थामा हतारिनु ठीक नभएको र आफूले युक्रेनमा आणविक हतियारको प्रयोग युद्धका क्रममा गर्नुपर्ने अवस्था पनि नदेखेको समेत बताए ।

पुटिनले अमेरिकाले रुसको क्षेत्र वा युक्रेनमा अमेरिकी सेनालाई उतारेमा आफूहरुले त्यसलाई हस्तक्षेपका रुपमा लिने र आगामी कदम चाल्ने बताएका हुन् । अमेरिकालाई केन्द्रित गर्दै पुटिनले भनेका छन्, रुस र अमेरिकाबीचको सम्बन्धको बारे कुटनितीक र रणनीतिक आधारमा थुप्रै विश्लेषण गर्नेहरु छन् ।

पुटिनले भनेका छन्, यस्तो अवस्थामा सबैकुरा आणविक शक्तिको प्रयोगतर्फ गएको अवस्था छैन । तर, गएमा हामी त्यसका लागि तयार छौं ।

आज रुससँग विश्वकै सबैभन्दा ठूलो आणविक शक्ति छ । र त्यसको चाबि पुटिन सँग रहेको छ । पुटिनले चुनावको पूर्व सन्ध्यामा यस्तो अभिव्यक्ति दिनुले यसलार्य राजनीतिक स्टन्टका रुपमा मात्रै हेर्न पनि सकिने विश्लेषकहरुले बताइरहँदा यसपछि जोखिम र खतरा पनि रहेको तर्कहरु अघि आएका छन् ।


क्लिकमान्डु