सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलरहरूले गर्मीको ताप घटाउन सहयोग गर्ने



काठमाडौं । यो चिसो दिनहरूलाई बिदाइ र तातो दिनहरूलाई स्वागत गर्ने समय हो । यद्यपि हामीमध्ये धेरैजसो गर्मीको तातो घाममा नुहाउनको लागि उत्सुकता हुन्छौं । धेरै तापक्रम बढ्दा भने गर्मीले ठूलो चिन्ताको विषय बनाउँछ ।

यसैबीच नेपालको सबैभन्दा फराकिलो संजाल भएको उचित मूल्यका साथ स्मार्ट प्रविधियूक्त फ्यान र कुलरहरू सीजीले बजारमा ल्याएको छ ।

सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको छ– डेजर्ट कुलर, कमर्शियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर ।

राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको छ र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्शन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको छ ।

हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरहरू। यी सबै कुलरहरू पनि जिरो प्रतिशत ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन् ।

यद्यपि, यदि तपाइ कूलिङको लागि एकदमै क्लासिक र उच्चस्तरीय मोड भएको खोज्दै हुनुहुन्छ भने, सी जी ब्रान्डसग सबैभन्दा स्टाइलिश र उच्च स्तरीय सिलि·, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू छन्, जसले घर भित्रीको सुन्दरमा मात्र होईन तपाईलाई उत्कृष्ट शीतलता र आराम पनि दिन्छ ।

यी सबै फ्यानहरू अति उच्च प्रविधिका साथ ३ र ५ स्पीड कन्ट्रोल भएको , हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएकाले बढी टिकाउ पनि हुन्छन्।

त्यसकारण, यो गर्मीमा आरामदायी र सितलता चाहनुहुन्छ भने नजिकैको सी जी डिजिटल शोरूम वा अन्य कुनै साझेदार आउटलेटहरूमा जानुुहोस् र घरमा सी जी ब्रान्डको कूलर वा फ्यान ल्याउनुहोस् ।

सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउंदै आएको छ ।

हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ ।

नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाबाट पनि लिन सकिन्छ ।

सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम रेन्ज हो। सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी ब्राण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताहरुको लागि अन्य विश्व प्रख्यात बाण्डहरुको बराबरमा उपलब्ध गराएको छ ।


क्लिकमान्डु