ओलीको प्रश्न: पोहोर २ महिनामा कांग्रेसले सरकार फेर्दा अस्थिरता भएन, अहिले चाहिँ अस्थिरता ?



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अस्थिरताको कारण भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको प्रस्तावमाथिको छलफलमा बुधबार प्रतिनिधिसभामा ओलीले गत वर्ष दुई महिनामा सरकार परिवर्तन गरेर अस्थिरताको सुरूवात कांग्रेसले गरेको बताए ।

दुई महिनामा सत्ता परिवर्तन गर्दा अस्थिर नहुने तर एक वर्षपछि सरकार फेर्दाचाहिँ अस्थिरता कसरी हुन्छ? भन्दै उनले प्रश्न गरे।

‘यो प्रतिस्पर्धाको प्रणाली हो । कसैको बुहमत छैन । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता भएन । अनि अहिले एक वर्षपछि सरकार फेर्दाचाहिँ अस्थिरता ?’ उनले भने ।


क्लिकमान्डु