मैले धोका दिएको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैन: प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली कांग्रेसले विश्वासघातको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभामा बुधबार विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले सम्बोधन गर्दै उनले कांग्रेसले काम गर्नका लागि सहयोग नगरेको र आफ्नो अवमूल्यन गरेको बताए ।

कांग्रेसले नभइ बरु एमाले अध्यक्ष केपी ओलीले धोका दिएको आरोप आफूमाथि लगाउन मिल्ने उनको भनाइ छ ।

‘मैले धोका दिएको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले मिल्दैन । मैले राष्ट्रपति जिताउन कांग्रेसलाई सहयोग गरेँ मैले विश्वास गरेको हो’ प्रधानमन्त्री दाहालले भने,’बरु माननीय केपी ओलीले मलाई धोका दिएको आरोप लागउन मिल्छ किनभने मलाई प्रधानमन्त्री बनाउन उहाँले सहयोग गरेको हो । तर कांग्रेसले मिल्दैन ।’

कांग्रेसको उम्मेदवार जित्ने तर माओवादीको उम्मेदवार चुनावमा हार्ने घटनाले नै अविश्वास सिर्जना भएको प्रधानमन्त्रीले बताए ।


क्लिकमान्डु