दुई हप्तापछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । लगातार बढेर प्रत्येक दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य दुई हप्तापछि घटेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

पछिल्लो समय गत फागुन १६ गते सुनको मूल्य एक सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि लगातार बढेर सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार सुनको मूल्य सोमबारदेखि मूल्य स्थिर रही बुधबार भने एक हजार रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु