४ रुपैयाँमै कपाल काट्न पाइने



काठमाडौं । मात्र ४ रुपैयाँ कपाल काट्न पाइने अफर सार्वजनिक भएको छ ।

चैत १ गते मात्र ४ रुपैयाँमा कपाल काट्नका साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको हो ।

बि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर अवसरमा यस्तो अफर ल्याइएको सञ्चालक विक्रम गौतमले बताए ।

‘हामीले विगतमा झै यसपालि पनि पहिलो वर्ष १ रुपैयाँमा, दोस्रो वर्ष २ रुपैयाँमा, तेस्रो वर्ष ३ रुपैयाँमा गर्दै यसपालि चौथो वार्षिक उत्सवको दिन हामीले ४ रुपैयाँमा केस कटिङ्ग गर्ने तयारी गरेका छौं’ उनले भने ।


क्लिकमान्डु