यी हुन् ७ महिनामा अर्बमाथि निर्यात भएका १९ वस्तु



काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालले करिब १० खर्बको वैदेशिक व्यापार गरेको छ । नेपालले माघ मसान्तसम्ममा विभिन्न १५७ वटा मुलुकसँग ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले सो अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । गत वर्षको सात महिनामा नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्थु तथा सेवा आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २.३१ प्रतिशतले कम वस्तु तथा सेवा आयात गरेको छ ।

नेपालले माघ मसान्तसम्ममा ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

विभागको तथ्याङ्कअनुसार चालु आवको माघ मसान्तसम्ममा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । त्यस्तै, चालु आर्थिक वर्षको नेपालले हजारौं वस्तु निर्यात गर्दै आएको छ । त्यसमध्ये अर्ब माथि निर्यात भएको वस्तुको संख्या सिमित छन् ।

यी हुन् अर्बमाथि निर्यात भएको १९ वस्तु

१. आइरन तथा स्टिल सामग्रीः १० अर्ब १२ करोड २० लाख रुपैयाँ
२. धागोः ६ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ
३. उलन कार्पेटः ६ अर्ब ७ करोड ५८ लाख रुपैयाँ
४. रेडिमेन्ट गार्मेन्टः ५ अर्ब ५४ करोड १५ लाख रुपैयाँ
५. जुट तथा जुटको सामग्रीः ४ अर्ब ४६ करोड ७६ लाख रुपैयाँ
६. अलैंचीः ४ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ
७. जुसः ४ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ
८. प्लाईउडः ४ अर्ब २१ करोड १४ लाख रुपैयाँ
९. पाम तेलः ३ अर्ब ५९ करोड ११ लाख रुपैयाँ
१०. उलन फेल्ट प्रोडक्टः २ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ
११. चियाः २ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ
१२. उलन तथा पस्मिना सलः १ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ
१३. तोरीः १ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ
१४. कुकुर तथा विरालोको खानाः १ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ
१५. औषधीको जडीबुटीः १ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ
१६. फ्याब्रिकः १ अर्ब ४४ करोड ७७ करोड रुपैयाँ
१७. चाउचाउ तथा पास्ताः १ अर्ब १६ करोड २२ लाख रुपैयाँ
१८. सिमेन्टः १ अर्ब ७ करोड ७० लाख रुपैयाँ
१९. अदुवाः १ अर्ब २३ लाख रुपैयाँ


क्लिकमान्डु