आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री अर्याल



काठमाडौं । नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्सको आयोजनामा बिहिबारदेखि भृकुटीमण्डपमा सुरु भएको सातौं चरणको चेम्वर एक्सपो उदघाट्दन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनको भनाई थियो ।

एक्स्पोमा कृषि सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका बस्तुहरु प्रर्दशनीमा राखिएको छ । घर–जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा राखिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा चेम्बर एक्स्पो शुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन । एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका मुलुकका व्यवसायीले सहभागिता जनाएका छन ।


क्लिकमान्डु