सहकारी, मिटरब्याज पीडितलाई न्याय दिन, सरकारी ठगलाई कारबाही गर्न सांसद खतिवडाको माग



काठमाडौं । सांसद रामहरि खतिवडाले नवगठित सरकारलाई सहकारी पीडित, मिटरब्याज पीडितलाई न्याय दिन माग गरेका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा सरकारी ठगहरुलाई कारबाही गर्न, लघुवित्त पीडितलाई न्याय दिन समेत माग गरेका छन् ।
प्रधानमन्त्री हराए भनेर चर्चा भइरहेको समयमा संसद प्रधानमन्त्री भेटेकोमा खुसी व्यक्त गर्दै जनताले पनि भेटिने गरी काम गर्न आग्रह गरे । उनले अब जनताले पनि प्रधानमन्त्रीलाई भेटने गरी काम गर्न आग्रह गरे ।

बैठकमा उनले उपप्रधामन्त्रीले पहिलो लस्कर भरिएको भन्दै अझै उपप्रधानमन्त्री थप्न सुझाए । बैठकको शून्य समयमा सांसद खतिवडाले नेपालमा ‘छोरी’ नगरपालिका रहेको भन्दै अब ‘बा’ नगरपालिका होस भन्दै शुभकामना दिए ।


क्लिकमान्डु