प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे, देशलाई अस्थिरता र अनिश्चिततातिर लगेः कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बिहीबार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

बैठकले नेपाली कांग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रहेको दाबी समेत गरेको छ । बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी कांग्रेस प्रस्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई विश्वासघात गरी गठबन्धनमाथि बेइमानी गरेको कांग्रेसको ठहर रहेको बताए ।

उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारणहरु काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताए । प्रधानमन्त्री दाहालले काँग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गर्नुभएको जिकिर कांग्रेसको छ ।


क्लिकमान्डु