गृह मन्त्रालयल नै रोज्नुको कारणबारे रवि लामिछानेले यसो भने



काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महशुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले शुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारे ।

उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए ।


क्लिकमान्डु