यस्ता छन् नवनियुक्त अर्थमन्त्री पुनले गरेको पहिलो निर्णय



काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

आज साँझ राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपछि अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै उनले प्रधानमन्त्रीको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र नेपालमा जलवायु परिवर्तनको असर सम्बन्धी विषयमा विश्वव्यापी ध्यानकर्षण गराउने, कोप २८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालमा जलवायुको परिवर्तनको असर र माउण्टेन एजेन्डा सम्बन्धी विषयमा कोपमा छलफल तथा पहिलोपटक माउण्टेन एजेन्डाको कोप २८ को सम्मेलनमा सम्बोधन गर्ने निर्णय गरेका छन् ।

कोप सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीबाट जलवायु वित्तमा अधिकारमुखि अवधारणा सहित पहुच स्थापित गर्ने र जलवायु न्याय सम्बन्धी विषयको उठाने , नेपालमा जलवायु परिवर्तनले गरेको असरको सम्वोधन गर्ने आयोजना र कृयाकलापमा आवश्यक पर्ने स्रोत र हाल नेपालले प्राप्त गरेको जलवायु वित्त विच ठुलो खाडल रहेको, नेपालले हालसम्म न्यूनमात्र जलवायु वित्त प्राप्त गर्न सकेको, जलवायु वित्त सम्बन्धी अन्तर्राष्ट्रिय कोष तथा सुविधामा पहुच स्थापित गर्न सम्बन्धित कोषहरुमा पहुच, छलफल तथा वार्ता, राष्ट्रियस्तरमा तयारी, क्षमता विकास, आवश्यक पहलकदमी र गुणस्तरीय आयोजना तयारीमा जोड दिने निर्णय गरेका छन् ।

जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलीयतपुर्ण सहायतालाई उत्पादनशिल र दिगो पूर्वाधार आयोजनाको ठोस कृयाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् ।

ग्रिन क्लाइमेट फन्डको कन्ट्री प्रोग्राम पाइपलाइनमा रहेका आयोजनाहरुको अद्यावधिक गर्ने, ग्रिन क्लाइमेट फन्ड मार्फत संचालन हुने आयोजनाहरुलाई दिगो पुर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृनिकायहरुलाई मार्गनिर्देश गर्ने । क्लाइमेट फन्ड हरुबाटप्राप्त हुने स्रोत लाई सरकारी तथा निजी क्षेत्रहरुलाई समेत परिचालन गर्ने निर्णय गरेका छन् ।


क्लिकमान्डु