नवनियुक्त मन्त्रीले लिए सपथ



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बुधबार राति राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ दिलाए ।

नवनियुक्त १६ मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतसँग नयाँ गठबन्धन बनाएका थिए । सोमबार प्रधानमन्त्रीले तीन जनाले सपथ लिएका थिए ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरु, उच्च सरकारी अधिकारी लगायतको उपस्थिति थियो ।


क्लिकमान्डु