एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु



काठमाडौ‌ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने वा नहुने विषय टुङ्गो लगाउन केन्द्रीय सचिवालय बैठक बसेको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब पौने १ बजे बसेको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका माओवादी केन्द्र र नेकपा एमाले ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताए ।


क्लिकमान्डु