भाटभटेनीको २७औँ स्टोर दमकमा, २० प्रतिशतसम्म छुट पाइने



काठमाडौं । भाटभटेनी सुपर मार्केटको २७औँ स्टोर दमक–९ झापामा सञ्चालनमा आएको छ ।

भाटभटेनी सुपर मार्केट सञ्चालनमा आएको चार दशक अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याइएको हो । आजदेखि सञ्चालनमा आएको स्टोरमा सम्पूर्ण सामानमा १० प्र्रतिशत छुट रहेको छ भने इलेक्ट्रोनिक्स सामानमा २० प्रतिशत छुट रहेको छ ।

१४ कट्ठा क्षेत्रफलमा फैलिएको स्टोरको निर्माणमा डेढ अर्ब भन्दा बढी लगानी रहेको छ । यो झापा जिल्लाको दोस्रो हो भने कोसी प्रदेशको पाँचौ स्टोर हो ।

स्टोरमा ग्रोसरी, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, किचनवेयर, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, मल्टिप्लेक्स सिनेमा हल लगायतका सुविधा रहेको बताइएको छ ।


क्लिकमान्डु