आज पनि सुनको मूल्यले तोड्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै बुधबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको हाे ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै बुधबार ५ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

तर, बुधबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ।


क्लिकमान्डु