माधव नेपाललाई भेट्न आरजुसहित देउवा पुगे कोटेश्वर, बन्ला नयाँ गठबन्धन ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

नयाँ सत्ता समिकरण बनेसँगै नेताहरु दौडधुपमा रहेका छन् । बुधबार बिहान काँग्रेस सभापति देउवा पत्नी आरजु राणा, नेता रमेश लेखकसहित नेपाल निवास कोटेश्वर पुगेका हुन ।

राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसले नयाँ गठबन्धन बन्नेमा पनि प्रश्न उब्जिएको छ ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई सहभागी गराउन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु सक्रिय भएर लागिरहेका बेला देउवा नेपाललाई भेटेका उनकै निवास पुगेका छन् ।

मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु पुगेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

भेटमा नेता नेपालले बुधबार ११ बजे सचिवालय बैठक बसेर छलफल गर्ने जनाएका थिए । बुधबार बिहान सचिवालय बैठक बस्नुअघि नै देउवा नेपाल निवास पुगेका छन् ।


क्लिकमान्डु