निजामती विधेयकमा त्रुटीः कर्मचारीले सेवाग्राहीलाई शिष्ट र मर्यादित व्यवहार गर्न नहुने !



काठमाडौं । निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा त्रुटी देखिएको छ ।

संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा त्रुटी देखिएको छ । विधेयकको ब्याख्यात्मक टिप्पणीको दफा ८८ मा त्रुटी देखिएको हो ।

विधेयकको ब्याख्यात्मक टिप्पणीको दफा ८८ मा सेवाग्राहीप्रतिको व्यवहारमा- ‘निजामती कर्मचारीले आफ्नो कामसँग सम्बन्धित सेवाग्राहीप्रति शिष्ट, मर्यादित तथा समान किसिमको व्यवहार गर्न नहुने व्यवस्था गरिएको छ’ भन्ने व्यवस्था रहेको छ ।

विद्येयकमा कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहारमा उक्त व्यबस्था राखेको छ । यो व्यवस्था जस्ताको त्यस्तै पारित भयो भने कर्मचारीले सेवाग्राहीलाई निकै तल्लो स्तरको व्यवहार गर्न सक्ने देखिएको छ ।

लामो समयपछि संघीय निजामती सेवा ऐनको विधेयक संघीय संसदको सचिवालयमा दर्ता हो ।

गत भदौ २१ गते मन्त्रिपरिषद्को बैठकबाट संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धि विधेयक २०८० लाई संसदमा पेस गर्ने निर्णय भएको थियो ।

विद्येयकमा कर्मचारीको उमेर हदलाई २ वर्ष बढाएर ६० वर्षमा अवकाश पाउने व्यवस्था गरिएको छ । विधेयकमा कर्मचारीले पाउने १० प्रकारका बिदाको व्यवस्था गरिएको छ ।

विधेयकमा निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न नहुने व्यवस्था रहेको छ ।


क्लिकमान्डु