एक्सविरुद्ध पूर्वसीइओसहित चारले दायर गरे १२८ मिलियन दाबी गर्दै मुद्दा



एजेन्सी । माइक्रो ब्लग‍िङ साइट एक्स (पूर्व ट्विटर)का पूर्वसीइओ पराग अग्रवालसहित चार पूर्व अधिकारीहरुले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

वाल स्ट्रीट जर्नलकाअनुसार एक्सविरुद्ध पूर्वसीईओ अग्रवालसहित पूर्वप्रमुख वित्त अधिकृत (सीएफओ) नेड सेगल, कानुनी मामला तथा नीति प्रमुख विजया गड्डे र पूर्व जनरल काउन्सिल सील एडगेट अदालतमा पुगेका हुन् ।

चार पूर्व कर्मचारीहरुले एक्सविरुद्ध १२८ मिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन् । उनीहरुले अमेरिकाको सेन फ्रान्सिस्को अदालतमा मुद्दा दायर गरेका हुन् ।

अक्टोबर २०२२ मा अर्बपति एलन मस्कले ट्विटरको स्वामित्व लिएसँगै यी चार कर्मचारीहरुलाई हटाएका थिए । त्यसपछि उनले ट्विटरको नाम समेत परिर्वतन गरेर एक्स बनाएका छन् ।


क्लिकमान्डु