प्रचण्ड आफैले राखे सबै मन्त्रालयको जिम्मेवारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रालयको जिम्मेजारी आफैसँग राखेका छन् ।

नेकपा एमाले लगायतका दलहरुसँग गठबन्धन गरेपछि प्रधानमन्त्रीले आज सरकार पुनर्गठन गरेका छन् । आज हितबहादुर तामाङ,पदम गिरी र डोलप्रसाद अर्यालले मन्त्री पदको सपथ लिएका छन् । उनीहरुलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

उनीहरुको कार्यभार पछि तोकिने राष्ट्रपति कार्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री दाहालले अहिले २२ वटै मन्त्रालय आफूसँगै राखेका छन् ।


क्लिकमान्डु