निजामती कर्मचारीको उमेर २ वर्ष थप्न प्रस्ताव, १० प्रकारका बिदाको व्यवस्था



काठमाडौं । निजामती सेवामा रहेका कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव भएको छ ।

संसदमा दर्ता भएको निजावती सेवा ऐनको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । ऐनमा यसअघि रहेको उमेर हद ५८ वर्षलाई बढाएर ६० वर्ष पुरा भएपछि अनिवार्य अवकास पाउने विकेयकमा उल्लेख गरिएको छ ।

लामो समयपछि संघीय निजामती सेवा ऐनको विधेयक संघीय संसदको सचिवालयमा दर्ता भएको छ । गत भदौ २१ गते मन्त्रिपरिषद्को बैठकबाट संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धि विधेयक २०८० लाई संसदमा पेस गर्ने निर्णय भएको थियो । जसअनुसार सोमबार संसदमा विधेयक दर्ता भएको हो ।

विधेयकमा प्रदेश समक्ष नहुँदासम्म प्रदेश सचिव संघमा नै रहने व्यवस्था गरिएको छ । अन्तरपालिका सरुवा प्रदेशले गर्ने र अन्तर प्रदेश सरुवा संघले गर्ने व्यवस्था विधेयकमा छ । सँगै विधेयकमा निजामती कर्मचारीलाई चेतावनी दिन सकिने आधार निर्धारण गरिएको छ भने कर्मचारीले पाउने १० प्रकारका बिदाको व्यवस्था गरिएको छ ।

त्यस्तै, निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न नहुने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु