पार्टीका मन्त्रीलाई फिर्ता हुन नेकपा एसको निर्देशन



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुलाई मन्त्रालयबाट फिर्ता हुन निर्देशन दिएको छ।

आज बसेको सचिवालयको बैठकले मन्त्रीहरुलाई बिदा हुन निर्देशन दिने निर्णय गरेको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । उनीहरुलाई आजै फिर्ता हुन पार्टीले निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएपछि नेकपा एसले मन्त्रीलाई फिर्ता हुन भनेको हो ।


क्लिकमान्डु