नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु


काठमाडौं । नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक प्रधनमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी भएका छन् ।

बैठकले नयाँ मन्त्रीको नाम तय गरेर शपथ ग्रहणका लागि शितल निवासमा पठाउने बताइएको छ ।