सरकारमा सहभागी हुने, नहुने बारे जनमत पार्टीले गरेन निर्णय



काठमाडौं । जनमत पार्टीले सचिवालय बैठक सकिएको छ । सम्पन्न बैठकले अब बन्ने सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा केही निर्णय नगरेको पार्टी सचिव बीपी साहले बताए ।

‘हाम्रो पार्टी अहिले नै सरकारमा सहभागी हुने वा नहुने केही निर्णय भएको छैन’ उनले भने ‘हाम्रो पार्टी सरकारमा जाने वा नजाने भन्ने विषय सत्ता समिकरणमा निर्भर छ ।’

अहिले सरकारमा जनमत पार्टी सहभागी भएपछि सन्तुष्ट भने छैन । जनमत पार्टी सुरुदेखि नै कृषि मन्त्रालय पाउनु पर्ने पक्षमा थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारमा आलोपालो गर्ने भनिएपछि त्यो हुन नसक्दा जनमत पार्टी सन्तुष्ट भने छैन । याे बिषय थप प्रष्ट भएपछी मात्रै सरकारमा जाने वा नजाने बिषय टुँगोमा पुग्ने देखिएको छ । बैठकले सरकारमा जानका लागि चाहेको मन्त्रालय र मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राख्ने भएको छ ।

‘सरकारमा सहभागी हुने विषयमा मधेश प्रदेशको विषय, संघीय सरकारले संघमा पाउने भूमिका के हुन्छ, गठबन्धनको हामी प्रतिको धारणा के हो ? भन्ने कुराले सरकारीमा सहभागी हुने वा नहुने भन्नेमा भर पर्छ’ सचिव साहले भने ‘आजको बैठकमा हामीले सरकारमा सहभागी हुने वा नहुने विषयमा केही निर्णय गरेको छैन । त्यो नयाँ समिकरणमा निर्भर गर्छ ।’

जनमन पार्टीबाट अलिहेको सरकारमा अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन् ।


क्लिकमान्डु