आजको दिन अलिक छिटो छिटो हिँड्न खोजेको छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको र हुने बताएका छन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेसहितको नयाँ समीकरण बनेपछि सोमबार बसेको जीफन्टको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आज देशको परिस्थिती छिटोछिटो हिँड्न खोजेको बताए ।

‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति…आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ । त्यो भएर म यहाँ आउन पनि ढिला भयो,’ उनले भने, ‘देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । त्यतापट्टि अल्यायो। अल्मलायो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ ।’

आज केही परिवर्तन हुने भन्दै उनले भने, ‘तपाईंहरुले यसो मोबाइलमा हेर्दै गर्नुभए हुन्छ ।’

उनले एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्न लागिरहने बताएका छन् । जेसुकै परिवर्तन भएपछि आफूहरु मिसना ०८४ नछाड्ने उनको भनाइ छ।
उनले देश आंशिक ढंगले देश भताभुंग अवस्थामा रहेको बताउँदै अब देश सकारात्मक बाटोमा फर्कन्छ भन्ने उनले विश्वास व्यक्त गरेको छ ।

यथास्थितीवादी र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए देश अफ्ठ्यारोमा पर्ने उनले बताए ।


क्लिकमान्डु