गृहमन्त्री नारायणकाजीको पद चैट् !



काठमाडौं । कांग्रेससँगको गठबन्धन भत्किएर एमालेसँगको मा‌ओवादीको नयाँ गठबन्धन बनेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पद गुम्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्णा खाँड, ललिता निवास प्रकरण, बाँसबारीको जग्गा प्रकरण, सुन काण्ड लगायतका भ्रष्टाचारका फाइल खोलेर ‘ठूला माछा’ समातेका गृहमन्त्री श्रेष्ठको पद गुम्ने भएको हो ।

भ्रष्टाचारका ठूला फाइल खोलेर उनले वाहवाही कमाएका थिए । कतिपयले भने श्रेष्ठले स्टन्डबाजी गरेको बताउँदै आएका छन् ।

नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान सहित गृहमन्त्री दिने सहमति बनेसँगै श्रेष्ठ गृहमन्त्रीबाट बाहिरिने भएका हुन् ।

उनी गृहमन्त्रीबाट बाहिरिएपछि अर्को कुनै मन्त्रालय पाउने वा नपाउने टुंगो लागेको छैन ।


क्लिकमान्डु