एलन मस्कले किन हाले ओपनएआई र सेम अल्टमेन विरुद्ध मुद्दा ?



एजेन्सी । टेस्ला तथा एक्सका मालिक एलन मस्कले एआईसम्बन्धी कम्पनी ओपन एआई र कम्पनीका सिइओ सेम अल्टमेनविरुद्ध मुद्दा हालेका छन् ।

गत बिहीबार मस्कले अल्टमेन र ओपन एआई कम्पनीवरुद्ध अमेरिकाको सेनफ्रान्सिस्कोमा मुद्दा दायर गरेका हुन् । उनले अल्टमेनसँगै कम्पनी अन्यमाथि पनि मुद्दा दायर गरेका छन् । मस्कले उनीहरु सबैलाई सन् २०१५ मा च्यानजिपिटी बनाउनका लागि गरिएको सहयोगका क्रममा भएको सम्झौताको उल्लंघन गरेको आरोप लगाइएको छ ।

मुद्दामा उल्लेख गरिएअनुसार अल्टमेनले ओपनएआईका सहसंस्थापन ग्रेग ब्राकमेनसँग मिलेर एक ओपन सोर्स र गैर नाफा मुलक कम्पनी बनाएने भन्दै मस्कलाई सम्पर्क गरेका थिए । उनीहरुले यो कम्पनी मानिसको फाइदाका लागि आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रविधि विकास गर्ने भनिएको थियो ।

मस्कले दायर गरेको मुद्दामा हाल माईक्रोसफ्टले पनि सहयोग गरिरहेको ओपन एआई मुनाफा मुलक कम्पनीका रुपमा रुपान्तरण भएको र नाफा कमाउनतर्फ केन्द्रित भएकाले उक्त सम्झौता टुटेको बताइएको छ । यो विषयमा मस्क, ओपन एआई र माईक्रोसफ्टले सार्वजनिक रुपमा कुनै पनि अभिव्यक्ति नदिएपछि मस्कका वकिलहरुका अनुसार भने ओपनएआई सम्झौता विपरित गएका कारण मुद्दा दायर गरिएको हो ।

मस्कले सन् २०१५ मा सेम अल्टमेनसँग मिलेर ओपनएआई कम्पनीको सुरुवात गरेका थिए । तर, मस्क सन् २०१८ मा नै कम्पनीको बोर्ड सदस्यबाट बाहिरिएका थिए ।

यता ओपनएआईले सन् २०२२ मा आफ्नो च्याटबट च्याटजिपिटीको सार्वजनिकि गरेसँगै विश्वभरमा नै एआईको क्रान्ती सुरु भएको थियो । हाल ओपनएआईले च्याटजिपिटीसँगै अन्य विभिन्न किसिमका जेनेरेटिभ एआईको क्षेत्रमा काम गरिरहेको छ ।


क्लिकमान्डु