बिश्व बजारमा एलजी टीभीको हिस्सा ३५ प्रतिशत, नेपालमा एआई प्रविधिमा सेवा दिँदै



काठमाडौं । बिश्व टीभी बजारमा एलजीको हिस्सा ३५ प्रतिशत रहेको छ । बजारमा अग्रणी हिस्सा कायम गर्न सफल एलजीको ओएइडी टीभी घरेलू मनोरञ्जनको सबैभन्दा बढी विश्वसनीय साधन बनिरहेको र यसको योगदान अग्रणी रहेको उल्लेख छ । एलजीले ११ वर्षसम्म अविरल ओइलइडी टीभी बजारको लिडर बनेको छ ।

यो कम्पनीले नवीनता र उत्कृष्टतामा प्रतिबद्ध रहदैआफूलाई अरुभन्दा अलग प्रमाणित गर्न सफल भएको पनि एलजीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ । बजार अनुसन्धान कम्पनी ओएमडीआईएका अनुसार एलजीले गत वर्ष बिश्व ओएलइडी बजारमा ३ मिलियन टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ ।

शिपमेन्टका आधारमा बिश्व ओएलइडी टीभी बजारमा ५३ प्रतिशतको प्रभावशाली शेयर हासिल गरेर एलजीले आफ्नो प्रमुख स्थानलाई कायमै राखिरहेको छ । यसको प्रीमियम अल्ट्रा लार्ज टेलिभिजनको माग बढ्दै गइरहेको छ । जसका कारण उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्ने काम भइरहेको छ । यसका साथै यो टीभले पछिल्लो सयम एआई प्रविधिलाई समेत आत्मसाथ गरिरहेको छ ।

एलजीले नेपालमा पनि बिगत ३५ बर्ष देखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्तका साथै बिगत केही बर्ष देखी एआईसम्मिलित उत्कृष्ट उत्पादनहरू गर्दै आएको छ । यसले दिएको सेवा र विशेषताकै कारण ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।


क्लिकमान्डु