गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्छः एमाले उपाध्यक्ष



जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गरेका छन् ।

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए ।

मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको उनको भनाइ छ ।

शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समसया झेलिरहेको पौडेलको जिकिर छ ।

समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको उनले आरोप लगाए । वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको तर्क गरे ।


क्लिकमान्डु