शालीनको पोष्टमार्टम: टिचिङले दियो ‘ह्याङ्गिङ’ रिपोर्ट



काठमाडौं । चितवनस्थित शिशु निकेतन विद्यालयको छात्रावासमा मृत भेटिएकी शालीन पोखरेलको पोष्टमार्टम रिपार्टमा बलात्कार नभएको देखाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको हो । प्रहरी स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको पाइएको हो ।

रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको स्रोतको दाबी छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि पोखरेलले आत्महत्या गरेको देखाएको जनाइएको छ ।

गत शनिबार बिहान रत्ननगर नगरपालिका– १५ माधवपुर मामाघरमा बसी उक्त विद्यालयको होस्टलमा बस्ने गोरखाकी १४ वर्षीया शालीन पोख्रेलको मृत्यु भएको थियो ।

उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको बताएपछि त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो ।


क्लिकमान्डु