यी हुन् हिमालयन रिइन्स्योरेन्सका ठूला ३० सेयरधनी, गणपति बनस्पति बाहिरियो



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा ३० व्यक्ति तथा कम्पनी ठूला सेयरधनीको रुपमा रहेका छन् ।

कम्पनीको ठूला सेयरधनीमा व्यक्ति भन्दा बढी प्रा लि रहेका छन् । कम्पनीको ठूला सेयरधनीमा ८ जना व्यक्ति रहेका छन् भने २२ वटा कम्पनी रहेका छन् ।

कम्पनीको ठूला सेयरधनीको पहिलो नम्बरमा रहेको अम्बर प्रोभेष्टमेन्ट प्रालिको ९.६९ प्रतिशत, नेपाल बैंक ७.१४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७.१४ प्रतिशत, इन्फिनिटी होल्डिङ्स ६.४३ प्रतिशत, जगदम्बा मोटर्स ४.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

जगदम्बा स्टिल ३.१४ प्रतिशत, विकास दुगड ३.१४ प्रतिशत, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २.८६ प्रतिशत, स्याफरोन सीके इन्भेष्टमेन्ट २.८६ प्रतिशत, आरएमसी कन्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट २.१४ प्रतिशत, सशिकान्त अग्रवाल १.१४ प्रतिशत, एकर्ड क्यापफिन १.९३ प्रतिशत, अटल क्यापिटल १.९३ प्रतिशत, कालिका फिनकर्प १.९३ प्रतिशत, कार्भी ग्लोबल १.९३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै अजन्त होल्डिङ्स १.४३ प्रतिशत, विकास राणाको १.४३ प्रतिशत, कैलाश शिरोहिया १.४३ प्रतिशत, कृषि एपेक्स १.४३ प्रतिशत, राहुल कुमार अग्रवाल १.४३ प्रतिशत, राजेश हार्डवेयर १.४३ प्रतिशत, सन्दीप कुमार अग्रवाल १.४३ प्रतिशत, शालिमार इन्भेष्टमेन्ट १.४३ प्रतिशत, सौर्य सिमेन्ट उद्योग १.४३ प्रतिशत, उजिभान इन्भेष्टमेन्ट १.४३ प्रतिशत, वन्डर भेन्चर्स १.४३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै एक्सप्रेस इन्भेष्टमेन्ट १.२९ प्रतिशत, कामधेनु इन्भेष्टमेन्ट १.२९ प्रतिशत, पशुपति मुरारका १.०४ प्रतिशत र सिसिर कुमार मुरारकाको सेयर स्वामित्व १.०४ प्रतिशत रहेको छ ।

ठूला सेयरधनीमध्येको गणपति बनस्पति बाहिरिएको छ । गणपतिको अघिल्लो आवमा ३.२१ प्रतिशत रहेको थियो । अहिले कम्पनी बाहिरिएको छ । यो लक्की ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीको अध्यक्षमा सतिश कुमार मोर रहेका छन् ।


क्लिकमान्डु