प्रचण्ड र ओलीबीच किन भयो भेटवार्ता ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

गठबन्धन दलसँगको बैठकअघि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

दाहालले ओलीसँग आइतबार बिहान भेटवार्ता गरेका हुन् । सत्ता गठबन्धन दलबीच दूरी बढिरहेको चर्चाका बीच दुई नेताबीच भेटवार्ता भएको हो ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको जनाइएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक ९टीआरसी० एमालेका कारण रोकिएको आरोपका बीच पछिल्लो समय त्यसलाई अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेको जनाएको छ ।

टीआरसी विधेयक हाल प्रतिनिधिसभाको कानुन समितिमा छलफलका क्रममा छ । समितिको आइतबार बैठक बोलाइएको छ । उक्त बैठकमै विधेयक अघि बढाउनेबारे निर्णयमा पुर्‍याउने तयारी भइरहेको जनाइएको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि आज बिहान छलफल गरेका छन् ।


क्लिकमान्डु