सुनको मूल्य प्रतितोला १ लाख २१ पुग्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु