तीन प्रकारका औषधी प्रयोग नगर्न औषधी विभागद्वारा आग्रह



काठमाडौं । औषधि व्यवस्था विभागले तीन प्रकारको औषधि प्रयोग गर्न आग्रह गरेको छ । विभागले ति तीन प्रकारको औषधीको बिक्रीवितरणमा रोकसमेत लगाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको प्रयोग र बिक्रीवितरणमा रोक लगाएको बताए ।

उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधि न्यून गुणस्तरको पाइएको हो । उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिएको जानकारी दिए ।


क्लिकमान्डु