सरकार र मिटरब्याज पीडितबिच शनिबार पनि वार्ता हुने



काठमाडौं । मिटरव्याज पीडित र सरकारबीच शनिबार पनि वार्ताको छलफल जारी रहने भएको छ । शुक्रबारदेखि सुरु भएको वार्ता साकारात्मक भएपनि त्यो दिन उक्त वार्ता टुंगोमा पुगेको थिएन ।

मिटरव्याज पीडित समूहका वार्ता टोलीका संयोजक अवधेश कुशवाहका अनुसार सम्भवतः शनिबार सरकार र पीडितबीच वार्ता टुँगिने सम्भावना छ । मिटरब्याज पीडित संघर्ष समितिका संयोजक नृग नविनले शुक्रबार भएको चौथो चरणको वार्ता सकारात्मक भएको बताए। उनका अनुसार शनिबार हुने वार्ताबाट निष्कर्ष निस्कने सम्भावना बढेको छ ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।


क्लिकमान्डु