वर्षौं पुराना फाइल झिकेर सरकारले निजी क्षेत्रलाई तर्साउने काम गर्‍‍यो: सांसद गिरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले देशमा सरकारको मात्रै अस्थिरता नभएर नीतिगत अस्थिरता पनि भएको बताए । देशमा भ्रष्टाचार बढिरहेको उनको भनाइ छ ।

‘मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भूमिका हुन्छ । तर वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम भएको छ । सरकार इमान्दार हुन सत्तारुढ हुन वा प्रतिपक्षि हामी सबै इमान्दार हुनुपर्छ’ उनले भने ।


क्लिकमान्डु