रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक गुप्तामाथि छानविन गर्न सुनचाँदी व्यवसायी महासंघको माग



काठमाडौं । सुनचाँदी व्यवसायीले नै रिद्धिसिद्धि ज्वेलरीका सञ्चालक नरेन्द्रकुमार गुप्तामाथि छानबिन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै गुप्तामाथि छानबिन गर्न सरकारी नियकासमक्ष माग गरेका हुन ।

विशाल बजारको रिद्धिसिद्धि ज्वेलरी हाउस नामको सुनचाँदी पलसका सञ्चालक गुप्ता विवादित व्यक्ति भएको र उनले सञ्चार माध्यममा व्यवसायीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै दुबै महासंघले उनीमाथि छानविन गर्न माग गरेका हुन ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको बिहिबार बसेको संयुक्त भेलाले गुप्ताका गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय गरेको हो

गुप्ता नेपाल रत्न तथा आभुषण संघ काठमाडौंका वरिष्ठ उपाध्यक्षसमेत हुन् । दुबै महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, वीरगन्ज ठेगाना भएको ुरेस खबरु नामक अनलाइन पत्रिकाले गुप्तालाई स्रोत व्यक्तिको रूपमा उल्लेख गरेर भ्रामक समाचार सम्प्रेषण गरिरहेको उल्लेख छ । जसबाट निरन्तररूपमा गहना व्यवसायीका प्रतिष्ठित संस्था र व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने काम भइरहेको छ ।

वीरगञ्ज ठेगाउना उल्लेख भएको रेस खबरले गुप्ताको मुखपत्र जस्तै गरेर भ्रामक समाचार सम्प्रेषण गरिरहेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले सबै गहना व्यवसाय र व्यवसायीहरूको भविष्य ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्ण कामहरू भइरहेको पनि विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

उनीहरूले गुप्ताले फैलाएको भ्रामक र लान्छनायुक्त गतिविधिलाई चिर्दै सत्यतथ्य सार्वजनिक गर्न पनि उनिमाथि सरकारले छानविन गर्नुपर्ने माग गरेका छन् ।

ूश्री रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक गुप्ता नितान्त विवादास्पद पृष्ठभूमिका व्यक्ति भएकाले आफ्ना रहस्यमय सम्पूर्ण गतिविधिहरू छानबिनको दायरामा पर्ने भयले त्रसित र आतंकित भई नियामक निकायको ध्यान अन्यत्रै मोड्ने दुरासयले त्यस्ता भ्रामक र निराधार आरोप लगाई नियामक निकायमा उजुरीसमेत परेको व्यवासायीकै भनाइ छ ।


क्लिकमान्डु