काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप ११ जना घाइते



काठमाडौं । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन् ।

बुधबार राति महानगर प्रहरी र व्यवसायीबीच झडप भएको हो । झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन् ।

धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

‘बाटोमा फुटपाथ राख्न पाइँदैन भनेर नगर प्रहरी हटाउन गएको थियो,’ उनले भने, ‘तर उहाँहरूले अटेर गर्नुभयो । त्यसै क्रममा झडप हुँदा नगर प्रहरीसमेत घाइते भएका छन्।’

घाइते प्रहरीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ । नगर प्रहरीको टोलीले आफूहरुमाथि एक्कासी आक्रमण गरेको आरोप फुटपाथ व्यवसायीले लगाएका छन् ।


क्लिकमान्डु