रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग २ रनले हार्‍यो नेपाल



काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय टि २० शृंखलामा नेपाल दुई रनले पराजित भएको छ । नेदरल्यान्ड्सले
दुई रनको रोमाञ्चक जित निकालेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो ।

मंगलबारदेखि सुरु भएको शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो पहिलो खेलमा नेपाल नामिबियासँग पारजित भएको थियो ।


क्लिकमान्डु