पुल्चोक क्याम्पसमा १२ जनालाई रोजगारीको अवसर



काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संकायको पुल्चोक क्याम्पसमा विभिन्न पदमा १२ जनाका लागि करारमा रोजगारी खुलाइएको छ ।

क्याम्पसले एक सूचना प्रकाशित गर्दै उपप्राध्यापक, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक र मुख्य प्राविधिक सहायक पदहरुमा विभिन्न संख्यामा करारमा रोजगारी खुलाइएको जानकारी दिएको छ ।

माग गरिएका पदहरुमा उपप्राध्यापक पदमा कम्प्युटर इन्जिनियरिंग विषयका लागि ३ जना, एरोस्पेस इन्जिनियरिंगका लागि २ जना, केमिकल इन्जिनियरिङ विषयका लागि २ जना माग गरिएको छ ।

त्यस्तै, प्राविधिक अधिकृत पदका लागि एरोस्पेस इन्जिनियरिंग विषयमा २ जना, मुख्य प्राविधिक सहायक पदका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयका लागि २ जना र मुख्य प्राविधिक सहायक पदमा हेल्थ असिस्टेन्टका लागि १ जना माग गरिएको छ ।

करारमा रोजगारीमा आवद्ध हुन चाहनले योग्यता पुगेकाहरुले फाल्गुन ३० गते दिउँसो ३ बजेसम्म पुल्चोक क्याम्पसमा आइपुग्ने गरि २ प्रति दरखास्त दिन सक्ने क्याम्पसले जनाएको छ ।


क्लिकमान्डु