दुग्धसम्बन्धी सुझाव डेरी एसोसिएसनद्वारा मन्त्री भुसाललाई हस्तान्तरण



काठमाडौं । नेपाल डेरी एसोसिएसनले गत शुक्रबार आयोजना गरेको ‘वर्तमान अवस्थामा दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान’ सम्वन्धि अन्तरक्रियाबाट प्राप्त भएका सुझावको प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाललाई हस्तान्तरण गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको नेतृत्वको टोलीले उक्त सुझाव प्रतिवेदन मंगलबार मन्त्री भुसाललाई हस्तान्तरण गरेको हो ।

दाहालले पछिल्लो समय दुध तथा दुग्धजन्य पदार्थको बजार प्रबर्द्धनका लागि एसोसिएसनले पनि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दैआएको मन्त्री भुसाललाई जानकारी गराएका थिए ।

एसोसिएसनले दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सेना, प्रहरीको खाना, विद्यार्थीको खाजा, खेलाडीको खानामा
अनिवार्यरूपमा दुग्धजन्य पदार्थ समावेश गराउनुपर्ने सुझाव मन्त्री भुसाललाई दिएका छन् ।


क्लिकमान्डु