नियामक निकायमा २० करोडसम्म घुस लिएर प्रमुख नियुक्त हुने गरेको छ: सांसद सिंह



काठमाडौं । प्रतिनिधि सभाका सांसदसमेत रहेका लेखा समिति सदस्य अमरेस कुमार सिंहले नियामक निकायमा १५ देखि २० करोडसम्म घुस लिएर प्रमुख नियुक्त हुने गरेको दाबी गरेका छन् । जसले गर्दा देशमा भ्रष्टाचार मौलाएको उनको भनाइ छ ।

यस्ता निकायका प्रमुख नियुक्ति गर्दा ठूलो रकम घुसको कारोबार हुने र कामगर्दा उसलाई कर्मचारीले घुस खान सिकाउने गरेको बताए ।

धितोपत्र बोर्ड, राष्ट्र बैंक, वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण जस्ता निकायमा घुस लिएर नियुक्त गर्दा भ्रष्टाचार बढेको उनको तर्क छ ।

नेपालमा राष्ट्रिय सहमतिको भ्रष्टाचार हुने गरेको उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान निकै कमजोर र फितलो हुने गरेको सिंहको तर्क छ ।


क्लिकमान्डु