कुमारी बैंकबाट संस्थापक सेयर बिक्री गरेर बाहिरिँदै ९ जना सेयरधनी



काठमाडौं । कुमारी बैंकका ९ जना संस्थापक सेयरधनीले ८ लाख भन्दा बढी कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन खोजेका छन् ।

बैंकका ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेका ८ लाख कित्ता भन्दा बढी सेयर बिक्री गर्न लागेका छन् । उक्त सेयर खरिद गर्न चाहने अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने छ ।

बैंकबाट संस्थापक सेयर बिक्री गरेर निष्कासन खोज्नेमा विभिन्न सेयरधनी रहेका छन् । पर्शुराम कुँवरले आफ्नो स्वामित्वमा रहेको १ लाख ५ हजार १५५ कित्ता, रत्न लुइटेलले ३८ हजार १३४ कित्ता, मुकुन्द प्रसाद दाहालले १ लाख ३२ हजार ७७६ कित्ता, रेवन्त कुमार दाहालले १ लाख ४१ हजार ८६१ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

यस्तै सूर्य मानन्धरले ८० हजार ८२ कित्ता, रमेश लामिछानेले १ लाख २३ हजार ४४ कित्ता, देव कुमारी हुमागाँईले ४७ हजार २११ कित्ता, हरिकृष्ण दाहालले २१ हजार ४४२ कित्ता र मोहन प्रसाद पाण्डेले आफ्नो स्वामित्वमा रहेकोे १ लाख २२ हजार ३० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका छन् ।


क्लिकमान्डु