नलगाड हाइड्रोपावर कम्पनीले माग्यो सीईओ



काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख प्रशासकिय अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ ।

कम्पनीले सूचना प्रकाशित गर्दै रिक्त रहेको सीईओको पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपुर्ति गरिने भएकाले आवेदन माग गरिएको जनाएको छ ।

कम्पनीकाअनुसार ३५ वर्ष पूरा भएर ६१ वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्यूत् क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कार्य अनुभव गरि १२ वर्षको अनुभव वा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा ४ वर्षको कार्यअनुभव, अन्य पूर्वाधार क्षेत्रको कम्तीमा २ वर्षको कार्य अनुभव र मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालिन अध्यापनको अनुभव गरि जम्मा कम्तीमा १२ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, आवेदन दिने व्यक्ति भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने, प्रचलित कानुनबमोजिम कालोसूची वा दामासाहीमा नपरेको हुनुपर्ने पनि जनाइएको छ ।

इच्छुकले आगामी १५ दिनमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु