क्रिकेट टोलीका कप्तान पौडेलसहित ६ जनाले १ लाख तलब पाउने, अरुले कति ?



काठमाडौं । नेपाल क्रिकेट संघले सन् २०२४ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ ।

संघले पुरुष क्रिकेट खेलाडी तर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीलाई ४ समूहमा वर्गीकरण गरेको हो ।

पुरुष तर्फ ३० जना वर्गीकरणमा परेका छन् ।
ग्रेड ‘ए’- रोहित पौडेल, सोमपाल कामी, करण के.सी., दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल
ग्रेड ‘बी’- कुशल मल्ल, गुलशन झा,भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा
ग्रेड ‘सी’ – बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.
ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ
मर्जिङ क्याटोगर – दिपेश कंडेल (कोशी), रुपेस सिंह ( मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुर पश्चिम) ।

साथै ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरिलाई २५ हजार मासिक तलब उपलब्ध गराउने समेत निर्णय भएको क्यानले जनाएको छ ।

त्यस्तै महिला तर्फ १९ जना समावेश भएका छन् । जसमा
ग्रेड ‘ए- इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर
ग्रेड ‘बी’ – कविता कुँवर
ग्रेड ‘सी’- पुजा महतो, अश्मिना कर्माचार्य
ग्रेड ‘डी’- अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
ईमर्जिङ क्याटोगरि- सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन रहेका छन् ।
महिलातर्फ ग्रेड ‘ए’ लाई ५० हजार, ग्रेड ‘बी’ लाई ३५ हजार, ग्रेड ‘सी’ लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने समेत निर्णय भएको क्यानले जनाएको छ ।

त्यस्तै नेपाल क्रिकेट संघको विभिन्न समितिहरुमा संयोजकहरु मनोनयन गरिएको छ ।

प्रतियोगिता समिति संयोजकमा दिवाकर घले,प्राविधिक समिति संयोजकमा विक्रम बिष्ट र विकास समिति संयोजकमा धिरेन्द्र सावद मनोनित भएका छन् भने महिला क्रिकेट विकास समिति संयोजकमा प्रदिप मजगैयालाई मनोनयन गरिएको छ ।

त्यस्तै नेपाल ए टीमको मुख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी कलाम अली, साथै यु-१९ महिला टीम प्रशिक्षकको जिम्मेवारी महेश प्रसाद रिजाललाई दिने निर्णय गरिएको क्यानले जनाएको छ ।

नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडिहरुको (यु१९ र यु१६ ) को उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई उमेर समुहको प्रतियोगितामा सहभागी गराउने वा नगराउने सम्वन्धमा आवश्यक नीति तथा कार्यक्रम तयार गरि कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको क्यानले जनाएको छ ।

नेपालमा आयोजना हुने आइसीसी यु १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता २०२७ को तयारी स्वरुप मिसन २०२७ अन्तर्गत १६ महिला अन्तर स्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशहरुमा संचालन गर्ने निर्णय भएको क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु