समस्याग्रस्त नेपाल सेयर मार्केट्स सञ्चालन गर्दै राष्ट्र बैंक, संयोजकका लागि दरखास्त आह्वान



काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक पदमा आवेदन माग गरिएको छ ।

नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागको छनोट समितिको सचिवालयले संयोजक पदमा आवेदन माग गरेको हो ।
दुई जना व्यक्ति रहने व्यवस्थापन समूहमा एक जना संयोजक माग गरिएको हो । त्यसका लागि चैत ४ गते आइतबार कार्यालय समयभित्र दरखास्त फाराम पेस गर्न आह्वान गरिएको छ ।

दरखास्त पेस गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवम् छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नु पर्नेछ । संयोजकले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० (दश) वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने उल्लेख छ ।

सेवा अवधि एक वर्ष हुनेछ । आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६÷६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने जनाइएको छ । पारिश्रमिक तथा अन्य सुविधाहरूमा १ लाख २६ हजार ३०० रुपैयाँ हुनेछ । दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ भने त्यस बाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने जनाएको छ ।


क्लिकमान्डु